दिउँसो कतै जाँदै हुनुहुन्छ ? सवारीका कारण यी रुट हुँदैछन् बन्द « Khabarhub

दिउँसो कतै जाँदै हुनुहुन्छ ? सवारीका कारण यी रुट हुँदैछन् बन्द


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर जाने भएसँगै सवारी आवागमनमा समस्या पर्ने देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्ने कार्यक्रम रहेको छ ।‍

त्यसका लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट संसद भवन जाने कार्यक्रम रहेको छ । त्यसक्रममा दिउँसो साढे ३ बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरुमा सवारी साधन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त समयमा ति रुटहरुको प्रयोग गर्ने सवारी चालकहरुलाई बैकल्पिक मार्गको प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

वैकल्पिक मार्गका लागि महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरि दिन हुन महाशाखाले अनुरोध गरेको छ ।

विशिष्ट व्यक्तिको सवारीका क्रममा सडक खाली गराइँदा सवारी चालक र सर्वसाधारणले सास्ती व्यहोर्ने गरेको भन्दै चर्को विरोध हुने गरेको भएपनि भीभीआइपी सवारीका क्रममा सडक खाली गर्ने परम्परा अन्त्य हुन सकेको छैन ।

गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने गरि राष्ट्रपति वा भीभीआईपीको सवारीका क्रममा सडक खाली गर्ने गरिएको भन्दै विरोध हुने गरेको छ ।

यसअघि पनि राष्ट्रपतिको चीन भ्रमण र भ्रमण सकेर स्वदेश फर्कने क्रममा सडक खाली गराइएको भन्दै जाममा परेका चालकहरुले हर्न बजाएर विरोध जनाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै