कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली « Khabarhub

कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किएका छन् ।

कुवेतस्थित एक स्वीट कम्पनीमा कार्यरत १७ नेपाली कामदारहरुलाई कोरोनाको करण देखाउदै विगत लामो समयदेखि पारिश्रमिक नदिएर अलपत्र अवस्थामा छोडेको थियो ।

अलपत्र पारिएका १७ जना कामदारहरु मध्ये घर फर्किन बाँकी रहेका थप ११ जना नेपालीलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले उद्धार गरि स्वदेश पठाइएको संघका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

कम्पनीले पाँच महिनाको पारिश्रमिक नदिइ अलपत्र परेपछि सकुशल स्वदेश फर्काइदिन पीडितहरु त्यहाँ रहेको नेपाल दूतावास पुगेका थिए ।

लामो समयदेखि उद्धारको पर्खाइमा रहेका उनीहरुलाई दूतावासको पहल कदमी तथा एनआरएनएको सहयोगमा स्वदेस फर्काउन सफल भएको महासचिव पाख्रिनले बताए ।

उनीहरुलाई एनआरएनएले हवाई टिकट तथा कोरोना परीक्षण (पीसीआर) गराएर राहदानी दिलाउन कर्फ्युको समयमा पनि संघले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल सम्म यातायातको ब्यवस्था गरि स्वदेश पठाएको उनले बताए ।

पीडितहरुका लागि विभिन्न समयमा चरणवद्ध वार्ता गरिएको भए पनि कम्पनिबाट कुनै किसिमको क्षतिपूर्ति नपाउदा उनीहरु रित्तो स्वदेश फर्किएका छन् । उक्त कम्पनीले अलपत्र परेका १७ मध्ये ६ जना यसघि नै फर्किसकेका छन् ।

यसघि पनि एनआरएनएले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको छ ।

पछिल्लो समयमा कुवेतका विभिन्न कम्पनीहरुले कोरोना महामारीको करण देखाउदै कामदारलाई पारिश्रमिक नदिइ कामबाट निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ५० बजे

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न