झापाको निषेधाज्ञामा थप कडाइ, यातायात पूर्णबन्द « Khabarhub

झापाको निषेधाज्ञामा थप कडाइ, यातायात पूर्णबन्द



बैशाख- कोरोनाको संक्रमण दर नरोकिए पछि झापामा जारी निषेधाज्ञा थप कडा पारिएको छ ।

यसअघि गएको १७ गते जिल्ला प्रशासन कार्यालयले झापामा आंशिक निषेधाज्ञा घोषणा गरेको थियो । १९ गते मध्य रातिदेखि २६ गते मध्यरातिसम्म लागु हुने गरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको थियो ।

बजार पसल बिहान ११ बजे सम्म खुल्ला गर्न दिइएको थियो । तर फेरि जारी गरिएको निषेधाज्ञामा भने यो भन्दा कडाइ गरिएको छ ।

के के मा कडाइ

२२ गते मध्यरातदेखि ३१ गते मध्यरातसम्म लागु हुने गरि घोषणा गरिएको दोश्रो पटकको निषेधाज्ञामा अत्यावश्यक बस्तुका पसलहरु १० बजे सम्म मात्र खुल्ला गर्न पाइने छ ।

यस्तै होटल, रेष्टुरेन्ट तथा चिया पसल समेत पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ भने अनलाईन अर्डर र होमडेलिभरीका लागि खाद्यबस्तु भने लिएर जान पाइने भनिएको छ ।

यसअघि गतेका आधारमा जोर–बिजोर प्रणाली लागु गरि यातायात सञ्चालन गर्न दिइएकोमा दोश्रो पटकको निषेधाज्ञा अवधी भरि भने कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन नपाउने आदेशमा उल्लेख छ ।

अत्यावश्यकीय सेवाका सवारी साधन भने निषेधाज्ञा अवधिमा पनि चल्ने छन् । यस्तै वैवाहिक कार्यक्रममा बढीमा २५ जना भेला हुन, बढीमा १० जना जन्ती जान र बढीमा २ ओटा सवारी साधन मात्र प्रयोग गर्न भनिएको छ ।

१३६ को मृत्यु

झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३६ पुगेको छ । पछिल्लो पटक मंगलबार शिवसताक्षी ८ का ७० वर्षिय वृद्धको मृत्यु भएको हो ।

उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

५ हजार ४ सय २२ जना संक्रमित भएको झापामा ४ हजार ५ सय ४५ संक्रमणमुक्त भएका छन् भने ७ सय १४ जना सक्रिय संक्रमित छन् ।

मंगलबार एकै दिन झापामा १ सय ६८ जना संक्रमित थपिए । ती मध्ये १६२ पीसीआर परीक्षणबाट ६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ३५ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा