समाजसेवामा ज्याकुलिन, खोलिन् फाउण्डेसन « Khabarhub

समाजसेवामा ज्याकुलिन, खोलिन् फाउण्डेसन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री ज्याकुलिन फर्नान्डिजले योलो फाउण्डेसनको सुरुवात गरेकी छन् । यो कुराको जानकारी उनले आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरेर दिएकी हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले यो फाउण्डेसनको स्थापना कैयौं एनजीओसँग सहकार्य गर्दै खोलेकी हुन् ।

उनले समाजलाई अत्यावश्यक सहयोग चाहिने व्यक्तिलाई सहयोग गर्न फाउण्डेसन खोलेको जनाएकी छन् ।

‘हाम्रो यो एक जीवन हो । जे हामी गर्न सक्छौं, त्यो यो विश्वमा गर्नका लागि गर्नुहोस् । मलाई योलो फाउण्डेसनको घोषणा गरिरहँदा गर्व लागेको छ । दयालु कथा बनाउन र शेयर गर्नका लागि एक पहल’ उनले लेखेकी छन् ।

उनले यो चुनौतिपूर्ण अवस्थामा योलो फाउण्डेसन कैयौं एनजीओसँग मिलेर काम गर्ने उल्लेख गरेकी छन् । उनले यो काम बुझ्नका लागि आफ्नो योगदान दिन सक्ने र आफ्नो आसपासको जीवनमा परिवर्तन ल्याउन सक्ने जनाएकी छन् ।

ज्याकुलिनको फाउण्डेसनले रोटी बैंक नामक एनजीओसँग मिलेर यो महिना एक लाख व्यक्तिसम्म खाना पुर्याउनेछ । फाउण्डेसनले फ्रण्टलाइन वर्कससँगै सर्वसाधारणलाई मास्क र सेनिटाइजर पनि वितरण गर्नेछ ।

फाउण्डेसनले मुम्बईको अलग अलग स्थानमा घुम्ने करिब एक हजार जनावरको संरक्षण पनि गर्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १२ : १० बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्