सामाजिक सुरक्षा कोषबाट श्रमिकले कोरोना उपचारमा १ लाख रुपैयाँ पाउने « Khabarhub

सामाजिक सुरक्षा कोषबाट श्रमिकले कोरोना उपचारमा १ लाख रुपैयाँ पाउने



काठमाडौँ– योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएका श्रमिकले कोरोना संक्रमण उपचारमा राहत पाउने भएका छन् ।

नियमित रूपमा रकम जम्मा गरेका श्रमिकलाई कोरोना संक्रमण भएमा उपचार खर्च बापत कोषले १ लाख रुपैयाँसम्म अस्पताललाई दिनेछ ।

कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका श्रीमान् वा श्रीमतीले आजीवन निवृत्तिभरण पाउने छन् ।

कोषका प्रवक्ता विवेक पन्थीकाअनुसार कोभिडका कारण मृत्यु भएमा श्रमिकको अन्तिम महिनाको पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवारले (श्रीमान् वा श्रीमती) ले आजीवन निवृत्तिभरण पाउनेछन् ।

मृतकका २१ वर्षभन्दा तलका छोराछोरीले अन्तिम महिनाको ४० प्रतिशत रकम शैक्षिक वृत्ति पाउने छन् ।

कोषमा आगामी असार मसान्तसम्म आबद्ध हुने योगदानकर्ताले थप सुविधा पनि पाउने छन् । कोषले नयाँ योगदानकर्ताको आकर्षण बढाउन र कोषमा आबद्ध गर्न नयाँ सुविधा दिने भएको हो ।

प्रवक्ता पन्थीकाअनुसार अवकाश सुविधामा जम्मा भएको रकम अवकाश लिँदा निकाल्न पाउने छन् । कार्यरत कामदारले ८० प्रतिशतसम्म रकम विशेष सापटी लिन सक्नेछन् ।

योगदानकर्ता २ लाख

श्रमिकका लागि ‘नयाँ युगको शुरूवात’ भन्दै अघि सारेको सामाजिक सुरक्षा कोषमा हालसम्म १३ हजार ८ सय रोजगारदाता र २ लाख १ हजार १५७ योगदानकर्ता आबद्ध भएका छन् ।

हाल कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ जम्मा भएको छ ।

कोषको तथ्याङ्कअनुसार हालसम्म आवद्ध हुनेमध्ये सबैभन्दा धेरै योगदानकर्ताको संख्या बाग्मती प्रदेशको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको छ ।

प्रदेश १ का १ हजार ८६० रोजगादाता र २० हजार ५ ८३ योगदानकर्ता, प्रदेश २ का ५६३ रोजगारदाता र १४ हजार ३८८ योगदानकर्ता आवद्ध छन् ।

बाग्मती प्रदेशका ९ हजार २१९ रोजगारदाता र १ लाख ५० हजार ३५८ योगदानकर्ता, गण्डकी प्रदेशका ६१८ रोजगारदाता र ७ हजार २२२ योगदानकर्ता, लुम्बिनी प्रदेशका १ हजार २२५ रोजगारदाता र ७ हजार १६० योगदानकर्ता आबद्ध छन् ।

कर्णाली प्रदेशका १४७ रोजगारदाता र ५२३ योगदानकर्ता तथा सुदूरपश्चिमका १६८ रोजगारदाता र ८२६ योगदानकर्ता आवद्ध छन् ।

७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी

हालसम्म कोषले ७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत १ हजार ५७६ लाभग्राहीलाई ३ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

दुर्घटना तथा अशक्त सुरक्षा योजना अन्तर्गत ७५ लाभग्राहीलाई १९ लाख ७३ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २५ लाभग्राहीलाई ३७ लाख ८२ हजार रकमको दाबी भुक्तानी गरेको छ ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ५४७ लाभग्राहीलाई ४ करोड १८९ हजार रुपैयाँ भुक्तानी गरेको कोषले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ५९ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका