सामाजिक सुरक्षा कोषबाट श्रमिकले कोरोना उपचारमा १ लाख रुपैयाँ पाउने | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषबाट श्रमिकले कोरोना उपचारमा १ लाख रुपैयाँ पाउने



काठमाडौँ– योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएका श्रमिकले कोरोना संक्रमण उपचारमा राहत पाउने भएका छन् ।

नियमित रूपमा रकम जम्मा गरेका श्रमिकलाई कोरोना संक्रमण भएमा उपचार खर्च बापत कोषले १ लाख रुपैयाँसम्म अस्पताललाई दिनेछ ।

कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका श्रीमान् वा श्रीमतीले आजीवन निवृत्तिभरण पाउने छन् ।

कोषका प्रवक्ता विवेक पन्थीकाअनुसार कोभिडका कारण मृत्यु भएमा श्रमिकको अन्तिम महिनाको पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवारले (श्रीमान् वा श्रीमती) ले आजीवन निवृत्तिभरण पाउनेछन् ।

मृतकका २१ वर्षभन्दा तलका छोराछोरीले अन्तिम महिनाको ४० प्रतिशत रकम शैक्षिक वृत्ति पाउने छन् ।

कोषमा आगामी असार मसान्तसम्म आबद्ध हुने योगदानकर्ताले थप सुविधा पनि पाउने छन् । कोषले नयाँ योगदानकर्ताको आकर्षण बढाउन र कोषमा आबद्ध गर्न नयाँ सुविधा दिने भएको हो ।

प्रवक्ता पन्थीकाअनुसार अवकाश सुविधामा जम्मा भएको रकम अवकाश लिँदा निकाल्न पाउने छन् । कार्यरत कामदारले ८० प्रतिशतसम्म रकम विशेष सापटी लिन सक्नेछन् ।

योगदानकर्ता २ लाख

श्रमिकका लागि ‘नयाँ युगको शुरूवात’ भन्दै अघि सारेको सामाजिक सुरक्षा कोषमा हालसम्म १३ हजार ८ सय रोजगारदाता र २ लाख १ हजार १५७ योगदानकर्ता आबद्ध भएका छन् ।

हाल कोषमा ५ अर्ब ४६ करोड रुपैयाँ जम्मा भएको छ ।

कोषको तथ्याङ्कअनुसार हालसम्म आवद्ध हुनेमध्ये सबैभन्दा धेरै योगदानकर्ताको संख्या बाग्मती प्रदेशको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको छ ।

प्रदेश १ का १ हजार ८६० रोजगादाता र २० हजार ५ ८३ योगदानकर्ता, प्रदेश २ का ५६३ रोजगारदाता र १४ हजार ३८८ योगदानकर्ता आवद्ध छन् ।

बाग्मती प्रदेशका ९ हजार २१९ रोजगारदाता र १ लाख ५० हजार ३५८ योगदानकर्ता, गण्डकी प्रदेशका ६१८ रोजगारदाता र ७ हजार २२२ योगदानकर्ता, लुम्बिनी प्रदेशका १ हजार २२५ रोजगारदाता र ७ हजार १६० योगदानकर्ता आबद्ध छन् ।

कर्णाली प्रदेशका १४७ रोजगारदाता र ५२३ योगदानकर्ता तथा सुदूरपश्चिमका १६८ रोजगारदाता र ८२६ योगदानकर्ता आवद्ध छन् ।

७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी

हालसम्म कोषले ७ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत १ हजार ५७६ लाभग्राहीलाई ३ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

दुर्घटना तथा अशक्त सुरक्षा योजना अन्तर्गत ७५ लाभग्राहीलाई १९ लाख ७३ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २५ लाभग्राहीलाई ३७ लाख ८२ हजार रकमको दाबी भुक्तानी गरेको छ ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ५४७ लाभग्राहीलाई ४ करोड १८९ हजार रुपैयाँ भुक्तानी गरेको कोषले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ५९ बजे

एकीकृत समाजवादी दलको बैठक, विकसित परिस्थितिबारे अध्यक्ष नेपालको ब्रिफिङ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक अहिले संसद्

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव