बलिउड फिल्म सम्पादक अजयको निधन | Khabarhub Khabarhub

बलिउड फिल्म सम्पादक अजयको निधन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना संक्रमणका कारण भारतका प्रख्यात युवा फिल्म सम्पादक अजय शर्माको निधन भएको छ । कैयौं दिनदेखि कोरोनासँग जुधिरहेका अजयले मंगलबार बेलुका नयाँदिल्लीमा अन्तिम सास फेरेका हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार निर्माता अशोक पण्डितले १० दिन अजयका लागि दिल्लीमा अक्सिडन र बेडका लागि सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

अजय बलिउडका कति ठूला सम्पादक थिए भन्ने कुरा उनले गरेका कामबाट पुष्टि हुन्छ । उनले ‘लुडो’, ‘जग्गा जासुस’, ‘प्यारका पंचनामा’, ‘कारवां’, ‘इन्दू की जवानी’, ‘हाई जैक’, ‘क्रुक’ र ‘बन्दिश बेन्डिट्स’ जस्ता चर्चित फिल्मको सम्पादन गरेका थिए ।

उनले ‘बर्फी’, ‘ये जवानी है दीवानी’, ‘अग्निपथ’, ‘काय पो छे’, ‘लाइफ इन अ मेट्रो’, ‘द डर्टी पिक्चर्स’ जस्ता फिल्ममा सहायक सम्पादकका रुपमा काम गरेका थिए ।

हाल उनी फिल्म ‘रश्मी रकेट’को सम्पादन गरिरहेका थिए । जसमा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ११ बजे

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं – दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ 

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद्ले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका नवनियुक्त

प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चीन

रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई