कोरोना संक्रमितको संख्या बढ्दो, ३७ जिल्ला 'रेड जोन'मा | Khabarhub Khabarhub

कोरोना संक्रमितको संख्या बढ्दो, ३७ जिल्ला ‘रेड जोन’मा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका ३७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेका छन् ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।

त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन्।

त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व) र लुम्बिनी प्रदेशको नवलपरासी -पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा,बैतडी र बैतडीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : १५ बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री