रुपन्देहीमा एकैदिन ५८७ कोरोना संक्रमित थपिए, १३ को मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीमा एकैदिन ५८७ कोरोना संक्रमित थपिए, १३ को मृत्यु


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ५ सय ८७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने सोही अवधिमा १३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ ।

हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । एकै दिन १ हजार ३२९ जनाको पीसीआर परिक्षण गरिएको थियो । स

बैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमित देखिएका छन् । तथ्याङ्कअनुसार जिल्लामा २ सय ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थ नगर नगरपालिकामा ६७ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३६ जना, सियारीमा ५, देवदहमा ३६, गैडहवामा ३ र मायादेवीमा ३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी सैनामैनामा ३३ जना, ओमसतियामा ७ जना, कञ्चनमा १२ जना, रोहिणीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा १३ जना र कोटहिमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको हो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३० बजे

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी