भारतको सहयोगमा जुम्लामा जलविद्युत प्लान्ट पुनर्स्थापना « Khabarhub

भारतको सहयोगमा जुम्लामा जलविद्युत प्लान्ट पुनर्स्थापना


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा निर्माण भएको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनर्स्थापना भएको छ ।

सो प्लान्टको आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति,जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकारले २ करोड ६३ लाखका आर्थिक सहयोगमा सो प्लान्ट पुनर्स्थापना गरेको हो । २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो । प्राकृतिक विपदका कारण सो प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा सो प्लान्ट पुनर्स्थापना  गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो । भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये जुम्ला जिल्लामा मात्र ६ वटा परियोजना रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।