किन आउँछ आँधी ? « Khabarhub

किन आउँछ आँधी ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले फानी नाम गरेको सामुद्रिक आँधीले भारतको पूर्वी तटमा भारी वर्षा गराइरहेको छ । आँधीका कारण पूर्वाधारमा क्षति पुगेको छ भने अनेकौं रेल तथा हवाई सेवा रद्द गरिएका छन् ।

यसबाट जनजीवन नराम्ररी प्रभावित भएको छ । आँधीकै कारण विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरिएका छन् भने लाखौँ मानिसहरुलाई सुरक्षित स्थलतर्फ सारिएको छ । फानीको प्रभाव नेपालमा पनि सामान्य रुपमा देखा परेको छ । जसका कारण वर्षा भएको छ हावाहुरीको अवस्था भने बनेको छैन ।

साँच्चै, आँधीको निर्माण चाहीँ कसरी हुन्छ ?

सर्वप्रथम आँधी निर्माण हुन समुद्रको सतहमाथि रहेको हावाको तापक्रम उच्च हुनुपर्छ सामान्यतः २५ देखि २७ डिग्री सेल्सियसको तापक्रममा समेत आँधीको निर्माण हुने गर्छ । समुद्र सतहको तापक्रम जति उच्च भयो, आँधी उतिनै शक्तिशाली हुने गर्छ । सोही कारण सबै समुद्रमा आँधी निर्माण हुँदैनन् । भूमध्यरेखा आसपास तापक्रम बढी हुने भएकाले भूमध्यरेखीय क्षेत्रका समुद्रमा अधिकांश आँधीको निर्माण हुन्छ ।

यसअनुसार समुद्रको सतहमाथि रहेको ओसिलो हावाको तापक्रम बढी भएपछि तातो हावा माथि आकाशतिर जान्छ । समुद्र सतहमाथि रहेको तातो हावा माथि आकाशतिर गएपछि माथि गएको हावाको स्थानमा समुद्र नजिक थोरै मात्र हावा बाँकी रहन्छ ।

यसबाट त्यहाँ न्यून चापीय क्षेत्रको निर्माण हुन्छ । यो स्थानको पुर्ति गर्न आसपास रहेका ‘नयाँ’ तथा तुलनात्मक रुपमा चिसो हावा आइपुग्छन् । कालान्तरमा ‘नयाँ’ चिसो हावाको पनि तापक्रम बढ्दै जान्छ भने सोही क्रम अनुसार त्यो ‘नयाँ’ हावा पनि माथि जान्छ । त्यसपछि माथि आकाशमा भारी बादलको निर्माण हुन्छ ।

चापीय कारण ले यो सोली आकारमा वित्ताकार घुम्छ । क्रमसँगै यसको आकार पनि बढ्दै बढ्दै जान्छ । न्यून चापीय क्षेत्रमा हावाको परिपुर्ति गर्नका लागि समुद्रमा यस्तो प्रणाली अधिक चापीय क्षेत्र रहेको स्थानतर्फ अघि बढ्न थाल्छ । अघि बढ्दै जानेक्रममा यसको गति र क्षमता अतिविशाल र भयंकर हुँदै जान्छ । निकै नै तीब्र गतिको यही सामुद्रिक मौसमी प्रणालीले आसपासको क्षेत्रका हावापानीलाई समेत प्रभावित बनाउँछ र मैसममा बदली गराउँछ । त्यसपछि यसले कालान्तरमा जमिनमा प्रहार गर्छ ।

यसबेला अत्यन्त गतिवान हावा र माथि बादलमा रहेको पानी सबै छताछुल्ल हुन्छ । जमिनमा प्रहार गरिसक्दा यो प्रणालीलाई आवश्यक पर्ने ओसिलो हावा र चापीय क्षेत्रको अभाव हुन्छ र क्रमैसँग यो कमजोर हुँदै जान्छ । त्यसको केही समयपछि यो बिलाउँछ । यसैलाई हामी आँधी भन्छौँ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : २२ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको