भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ४ लाख १२ हजारमा संक्रमण « Khabarhub

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ४ लाख १२ हजारमा संक्रमण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा दोस्रो पटक संक्रमितको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : ०१ बजे

नारायणीमा बाढी : कसैलाई पिडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ