प्रदेश १, वाग्मती र गण्डकीमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

प्रदेश १, वाग्मती र गण्डकीमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा  गण्डकी प्रदेश, प्रदेश नं १ का केही स्थानहरुमा साथै वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २३ गते (बिहीबार)

दिउँसो:  देशका पहाडी भू-भागकाधेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २४ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २५ गते (शनिबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशका प्रदेश नं १ का केही तथा बाँकी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ७ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै