विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुलेको आरोपमा एकजना पक्राउ « Khabarhub

विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुलेको आरोपमा एकजना पक्राउ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिएको आरोपमा प्रहरीले बस काउण्टरका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई बढी भाडा लिएको आरोपमा पक्राउ गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।

उनले बा४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तोकिएको भन्दा तेब्बर सम्म बढी भाडा असुलेको प्रहरीले जनाएको छ ।

एसएसपी भट्टराईका अनुसार सरकारले ९ सय तोको नियमित भाडादर बढाएर उनले प्रति यात्रु ३ हजारदेखि ४ हजारसम्म लिएका थिए ।

अहिले ट्राफिक प्रहरीले बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

नारायणीमा बाढी : कसैलाई पिडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ