२२ जना न्यायाधीश र १३९ जना अदालतका कर्मचारीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

२२ जना न्यायाधीश र १३९ जना अदालतका कर्मचारीमा कोरोना भाइरसको संक्रमण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट देशभरका विभिन्न अदालतमा २२ जना न्यायाधीशसहित १६१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतल बुधबार विज्ञप्ती जारी गर्दै मुलुकभरका विभिन्न अदालतमा २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो।

सर्वोच्च अदालतका अनुसार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सबैभन्दा बढी ४ जना न्यायाधीश र १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

त्यसपछि जिल्ला अदालत काठमाडौंका ४ न्यायाधीश र १२ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा २ न्यायाधीश र १३ कर्मचारी संक्रमित भएका छन् । सर्वोच्च अदालतका सात कर्मचारी पनि संक्रमित भएका छन् ।

यस्तै उच्च अदालत विराटनगरका एक, नेपालगञ्जका एक र महेन्द्रनगरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : २५ बजे

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले