२२ जना न्यायाधीश र १३९ जना अदालतका कर्मचारीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

२२ जना न्यायाधीश र १३९ जना अदालतका कर्मचारीमा कोरोना भाइरसको संक्रमण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट देशभरका विभिन्न अदालतमा २२ जना न्यायाधीशसहित १६१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतल बुधबार विज्ञप्ती जारी गर्दै मुलुकभरका विभिन्न अदालतमा २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो।

सर्वोच्च अदालतका अनुसार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सबैभन्दा बढी ४ जना न्यायाधीश र १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

त्यसपछि जिल्ला अदालत काठमाडौंका ४ न्यायाधीश र १२ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा २ न्यायाधीश र १३ कर्मचारी संक्रमित भएका छन् । सर्वोच्च अदालतका सात कर्मचारी पनि संक्रमित भएका छन् ।

यस्तै उच्च अदालत विराटनगरका एक, नेपालगञ्जका एक र महेन्द्रनगरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : २५ बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको