एचडीआईलाई आधार बनाएर बजेट तय गर्न मख्यमन्त्री शाहीको माग « Khabarhub

एचडीआईलाई आधार बनाएर बजेट तय गर्न मख्यमन्त्री शाहीको माग


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव विकास सूचकांक (एचडीआई)लाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट तय गर्न सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थमन्त्री निर्माण हुनेगरी पिछडिएका क्षेत्रको उत्थानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउने विश्वास पनि व्यक्त गरे । उनले सबै प्रदेशको सन्तुलित विकासनै संघीय सरकारको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री शाहीले खाना र लुगाको समेत समस्यामा रहेका कर्णाली प्रदेशलाई संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आशा पनि व्यक्त गरे ।
कर्णाली प्रदेशले त्यहाँको स्रोत र साधनको उचित व्यवस्थापन हुने गरी बजेट विनियोजन गर्न संघीय सरकारलाई दवाव दिँदै आएको छ । मुख्यमन्त्री शाहीले कर्णालीको स्रोत परिचालनमा प्रदेश सरकार केन्द्रित रहेको पनि बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै