एचडीआईलाई आधार बनाएर बजेट तय गर्न मख्यमन्त्री शाहीको माग « Khabarhub

एचडीआईलाई आधार बनाएर बजेट तय गर्न मख्यमन्त्री शाहीको माग


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव विकास सूचकांक (एचडीआई)लाई आधार बनाएर आगामी आर्थिक वर्षको बजेट तय गर्न सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थमन्त्री निर्माण हुनेगरी पिछडिएका क्षेत्रको उत्थानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउने विश्वास पनि व्यक्त गरे । उनले सबै प्रदेशको सन्तुलित विकासनै संघीय सरकारको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री शाहीले खाना र लुगाको समेत समस्यामा रहेका कर्णाली प्रदेशलाई संघीय सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आशा पनि व्यक्त गरे ।
कर्णाली प्रदेशले त्यहाँको स्रोत र साधनको उचित व्यवस्थापन हुने गरी बजेट विनियोजन गर्न संघीय सरकारलाई दवाव दिँदै आएको छ । मुख्यमन्त्री शाहीले कर्णालीको स्रोत परिचालनमा प्रदेश सरकार केन्द्रित रहेको पनि बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ५७ बजे

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं–  सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्क– संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा

उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं–  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको

नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष