काठमाडौंका दुई अस्पताललाई सोधियो स्पष्टीकरण « Khabarhub

काठमाडौंका दुई अस्पताललाई सोधियो स्पष्टीकरण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना भाइरस संक्रमितसँग बढी शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई वटा निजी अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधिएको हो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार औषधि उपचार गराउँदा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि त्यसैको आधारमा के कसो हो भनेर स्पष्ट पार्न  भनिएको छ । यदि ती अस्पतालले चर्को शुल्क लिएको प्रमाणीत भएका कानून अनुसार कारवाही हुने पराजुलीले बताए ।

ती अस्पतालले जारी गरेको मूल्य सूची सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बुधबार तोकिएको उपचार शुल्कभन्दा बढी लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४० बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष