‘राधे’को कमाई हिस्सा कोरोना संक्रमितको उपचारमा खर्च गरिने « Khabarhub

‘राधे’को कमाई हिस्सा कोरोना संक्रमितको उपचारमा खर्च गरिने


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा कोरोना महामारीको बढ्दो त्रासबीच सलमान खानको फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ मे १३ बाट थिएटर र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

दैनिक जागरणका अनुसार फिल्मका निर्माताहरुले फिल्मबाट हुने कमाईको एक हिस्सा कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका छन् । कमाईको रकम अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिनेछ ।

यसका लागि उनीहरुले गिभ इन इण्डिया नामको एनजीओसँग सहकार्य गरेका छन् । उनीहरुले संस्थामार्फत आर्थिक सहयोगको पनि आव्हान गरेका छन् ।

फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ सलमान खान फिल्मस् र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज मिलेर निर्माण गरेको हो ।

फिल्म थिएटरसँगै जीप्लेक्स, जी५ र डीटीएच प्लेटफर्म पे पर भ्यूमा उपलब्ध हुनेछ । टिकट विक्री र विभिन्न प्लेटफर्ममा हुने कमाईलाई हेल्थकेयर सिस्टमलाई सपोर्ट गर्न हस्तान्तरण गरिनेछ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै