‘राधे’को कमाई हिस्सा कोरोना संक्रमितको उपचारमा खर्च गरिने « Khabarhub

‘राधे’को कमाई हिस्सा कोरोना संक्रमितको उपचारमा खर्च गरिने


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा कोरोना महामारीको बढ्दो त्रासबीच सलमान खानको फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ मे १३ बाट थिएटर र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

दैनिक जागरणका अनुसार फिल्मका निर्माताहरुले फिल्मबाट हुने कमाईको एक हिस्सा कोरोना भाइरस महामारीविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका छन् । कमाईको रकम अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिनेछ ।

यसका लागि उनीहरुले गिभ इन इण्डिया नामको एनजीओसँग सहकार्य गरेका छन् । उनीहरुले संस्थामार्फत आर्थिक सहयोगको पनि आव्हान गरेका छन् ।

फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’ सलमान खान फिल्मस् र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज मिलेर निर्माण गरेको हो ।

फिल्म थिएटरसँगै जीप्लेक्स, जी५ र डीटीएच प्लेटफर्म पे पर भ्यूमा उपलब्ध हुनेछ । टिकट विक्री र विभिन्न प्लेटफर्ममा हुने कमाईलाई हेल्थकेयर सिस्टमलाई सपोर्ट गर्न हस्तान्तरण गरिनेछ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४२ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख