कमिसनको खेलमा खोप रोकिएको विषयले लज्जित बनायो : कांग्रेस नेता कोइराला | Khabarhub Khabarhub

कमिसनको खेलमा खोप रोकिएको विषयले लज्जित बनायो : कांग्रेस नेता कोइराला


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कमिसनको खेलमा कोरोना भाइरसविरुद्धको खोप आयात रोकिएको सुन्दा लज्जा लागेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका हुन् ।

‘ महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका,’ भन्दै प्रश्न गरेका कोइरालाले भनेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमा  गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको बताइन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : १० बजे

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको

रविले मागे जेन-जीसहितको अन्तरिम नागरिक सरकार, सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबारको

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी