कमिसनको खेलमा खोप रोकिएको विषयले लज्जित बनायो : कांग्रेस नेता कोइराला « Khabarhub

कमिसनको खेलमा खोप रोकिएको विषयले लज्जित बनायो : कांग्रेस नेता कोइराला


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कमिसनको खेलमा कोरोना भाइरसविरुद्धको खोप आयात रोकिएको सुन्दा लज्जा लागेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका हुन् ।

‘ महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका,’ भन्दै प्रश्न गरेका कोइरालाले भनेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमा  गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको बताइन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : १० बजे

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको