युवा अवस्थामै ढाड दुख्ने ७ कारण « Khabarhub

युवा अवस्थामै ढाड दुख्ने ७ कारण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वृद्धहरुमा मात्र नभई अहिलेका युवा पुस्तामा पनि देखिएको एउटा साझा समस्या हो, ढाडको दुखाइ । अहिले धेरै मानिस ढाड दुखाइको समस्याबाट पीडित छन् । ढाड दुख्नुमा केही खराब बानी जिम्मेवार रहने गर्दछन् । यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत हुनुपर्छ ।

१. बस्दा ख्याल गर्ने
उठ्दा भन्दा बस्दा हाम्रो स्पाइनको हड्डीमा धेरै दबाब पर्छ । यसकारण लामो समयसम्म एकै स्थानमा बस्नेहरुमा ढाड दुख्ने गर्दछ । त्यसैले बेला–बेलामा उठेर टहलिनु राम्रो हुन्छ ।

२. लामो समय एउटै सिटमा नबस्ने
लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन्छ । जसले दुखाईको समस्या हुने गर्दछ । त्यसैले कार्यालयमा लामो समय बसेर काम गर्नेहरुले समय समयमा ब्रेक लिनु जरुरी छ ।

३. बस्ने सहि तरीका
कुर्सीमा बस्दा एकै पटक थ्याच बस्नु भन्दा केही बिस्तारै बस्नु पर्दछ । लगातारको कामपछि बेला बेलामा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ । साथै बेला बेलामा टाउको सिधा गर्ने र दायाँ बायाँ हेर्नु गर्नु पर्दछ ।

४. ९० डिग्री एंगलमा बस्ने
आरामसंग बस्न प्रयोग गर्ने कुर्सीकै कारणले मानिकसो इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । त्यसैले कुर्सीमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ ।

५. व्यायाम गर्ने
ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । त्यसैले यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ लगायत मांसपेशीको स्ट्रेचिङकालागि फाइदा पुग्ने व्यायाम गर्नु पर्दछ ।

६. धेरैबेर टिभी हेर्ने
दैनिक लामो समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या हुन्छ । जो मानिस टीभी वा कम्प्युटर अगाडि सातामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी हुन्छ ।

७. तनाव हटाउने
कामको चाप वा पारिवारीक झमेलाले मानिसमा तनाव वा चिन्ता हुनु स्वभाविक हो । तर मनमा भएको कुनै पनि प्रकारको रिस, तनावले ढाड दुख्ने समस्यालाई प्रेरित गर्दछ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ४५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड