युवा अवस्थामै ढाड दुख्ने ७ कारण « Khabarhub

युवा अवस्थामै ढाड दुख्ने ७ कारण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वृद्धहरुमा मात्र नभई अहिलेका युवा पुस्तामा पनि देखिएको एउटा साझा समस्या हो, ढाडको दुखाइ । अहिले धेरै मानिस ढाड दुखाइको समस्याबाट पीडित छन् । ढाड दुख्नुमा केही खराब बानी जिम्मेवार रहने गर्दछन् । यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत हुनुपर्छ ।

१. बस्दा ख्याल गर्ने
उठ्दा भन्दा बस्दा हाम्रो स्पाइनको हड्डीमा धेरै दबाब पर्छ । यसकारण लामो समयसम्म एकै स्थानमा बस्नेहरुमा ढाड दुख्ने गर्दछ । त्यसैले बेला–बेलामा उठेर टहलिनु राम्रो हुन्छ ।

२. लामो समय एउटै सिटमा नबस्ने
लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन्छ । जसले दुखाईको समस्या हुने गर्दछ । त्यसैले कार्यालयमा लामो समय बसेर काम गर्नेहरुले समय समयमा ब्रेक लिनु जरुरी छ ।

३. बस्ने सहि तरीका
कुर्सीमा बस्दा एकै पटक थ्याच बस्नु भन्दा केही बिस्तारै बस्नु पर्दछ । लगातारको कामपछि बेला बेलामा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ । साथै बेला बेलामा टाउको सिधा गर्ने र दायाँ बायाँ हेर्नु गर्नु पर्दछ ।

४. ९० डिग्री एंगलमा बस्ने
आरामसंग बस्न प्रयोग गर्ने कुर्सीकै कारणले मानिकसो इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । त्यसैले कुर्सीमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ ।

५. व्यायाम गर्ने
ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । त्यसैले यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ लगायत मांसपेशीको स्ट्रेचिङकालागि फाइदा पुग्ने व्यायाम गर्नु पर्दछ ।

६. धेरैबेर टिभी हेर्ने
दैनिक लामो समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या हुन्छ । जो मानिस टीभी वा कम्प्युटर अगाडि सातामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी हुन्छ ।

७. तनाव हटाउने
कामको चाप वा पारिवारीक झमेलाले मानिसमा तनाव वा चिन्ता हुनु स्वभाविक हो । तर मनमा भएको कुनै पनि प्रकारको रिस, तनावले ढाड दुख्ने समस्यालाई प्रेरित गर्दछ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ४५ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार