जब्बर कोरोना, अटेर नागरिक « Khabarhub

जब्बर कोरोना, अटेर नागरिक



झापा– विभिन्न विकल्प अपनाउँदा पनि कोरोनाको संक्रमण दर उच्च भए पछि धेरैजसो जिल्लामा निषेधाज्ञा गरिएको छ ।

जब्बर रुपमा संक्रमण फैलिरहेको र मृत्यु दरसमेत उच्च भएपछि कडाइका साथ निषेधाज्ञा जारी गर्दासमेत सर्वसाधारणले अटेर गरिरहेका छन् । निषेधाज्ञाको नियम पालना भएको छैन । सर्वसाधारण ओहोर दोहोर गरिरहँदा शहरी क्षेत्रमा सुरक्षाकर्मीनै परिचालन गर्नु पर्ने अवस्था छ ।

झापामा पनि अहिले यस्तै देखिएको छ । कोरोनाको संक्रमण दर उच्च भए पछि झापामा दोस्रो चरणको निषेधाज्ञा लगाईएको छ । गएरातिदेखि लागुहुने गरी कडाइका साथ निषेधाज्ञा लगाइए पनि त्यसको कार्यान्वयन गराउन बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् ।

१९ गते मध्यरातदेखि २६ गते मध्यरातसम्म लागु हुनेगरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिए पनि दोस्रो चरणको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर उल्लङ्घन गर्दै सवारी साधन चल्ने क्रम नरोकिएपछि नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालित भएका छन् ।

निषेधाज्ञाको पहिलो दिन निक्कै भिड रहेको बजार क्रमिक रुपमा सुनसान बन्न थालेको छ । तर बिहान र साँझपख भने साना सवारी साधन चल्ने क्रम बढ्ने गरेको छ । यात्रुबाहक सवारीसाधन भने ठप्प नै छन् ।

साना सवारी साधनको अटेरी
निषेधाज्ञाको नियम उल्लङ्घन गर्नेमा साना सवारी साधन बढि देखिएका छन् । मोटरसाईकलका साथै सिटी रिक्सा तथा अटो निषेधाज्ञाका नियम मान्न अटेर गरी चल्ने गरेका छन् । यसरी निषेधाज्ञा उल्लंघन गरेर गुडिरहेका सवारी साधन नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले अटेर गर्नेको बाध्यताको मुल्याङ्कन गरी छोडिने तर अनावश्यक हिडडुल गर्नेलाई दिनभर होल्ड गर्ने गरिएको बताए ।

निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम नरोकिए पछि झापामा थप कडाइ गरिएको हो । यसअघि गएको १७ गते जिल्ला प्रशासन कार्यालयले झापामा आंशिक निषेधाज्ञा घोषणा गरेको थियो ।

१९ गते मध्यरातदेखि २६ गते मध्यरात सम्म लागु हुनेगरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको थियो भने बजार पसल बिहान ११ बजेसम्म खुला गर्न दिईएको थियो । तर पुनः जारी निषेधाज्ञामा भने थप कडाइ गरिएको छ ।

२२ गते मध्यरातदेखि ३१ गते मध्यरातसम्म लागु हुनेगरि घोषणा गरिएको दोस्रो पटकको निषेधाज्ञामा अत्यावश्यक वस्तुका पसल १० बजेसम्म मात्र खुल्ला गर्न पाइने छ । यस्तै होटल, रेष्टुरेन्ट तथा चिया पसलसमेत पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ । खाद्य बस्तुको अनलाइन अर्डर अनुसार होमडेलिभरीका लागि दिइएको छ ।

एकै दिन ६ जनाको मृत्यु

कोरोना संक्रमण दर उच्च भएको झापामा एकै दिन ६ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बुधबार १९० जना संक्रमित थपिए भने ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भयो ।

मृत्यु हुनेमा मेचीनगर ६ की ५८ वर्षीया महिला, भद्रपुर ३ का ७० वर्षीय वृद्ध, दमक १ का ५६ वर्षीय र दमक २ का ७९ वर्षीय पुरुष छन् ।

यस्तै विर्तामाड ५ की ७३ वर्षीया वृद्धा र कन्काई ३ का ४८ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको हो ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।

हालसम्म झापामा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय पुगेको छ भने ४ हजार ५ सय ६० निको भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ११ : ५१ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ