कैदीबन्दीसँग भेट्न रोक « Khabarhub

कैदीबन्दीसँग भेट्न रोक


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारारगार प्रमुख बबिता महतोले जानकारी दिइन् ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतोले बताइन । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ । जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने र हरेक नयाँ कैदी बन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।

अघिल्लो कोरोना कालमा सावधानी नअपनाउँदा कारागारका अधिकांश कैदीबन्दीमा सङ्क्रमण फैलिएको थियो । कुल १५ महिला र १३५ पुरुष कैदीबन्दी राख्ने क्षमताको सिरहा कारागारमा हाल २३ महिला सहित ५५५ पुरुष र आश्रित तीन बालबालिका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ५४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।