८५३  कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

८५३  कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ८५३ जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर २०१ जना संक्रमित भेन्टिलेटरमा र ६५२ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा १०७ जना संक्रमित आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा २४ र भेन्टिलेटरमा २ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा ३४९ जना आईसीयूमा र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ३८ जना आईसीयूमा र१३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ६ : ०१ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत