प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा आइसोलेशन केन्द्र बनाउन प्रस्ताव « Khabarhub

प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा आइसोलेशन केन्द्र बनाउन प्रस्ताव


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह गरेको छ ।

सरकारले गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टिन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए ।

कार्यकारी निर्देशक शाक्यकाअनुसार, प्राधिकरणका कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनका रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

“तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा १३३ वटा बेड राख्न सकिन्छ, गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ”, उनले भने । तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ । बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठामा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छन् ।

तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन् । त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । कार्यकारी निर्देशक शाक्यले बिजुली गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगलाई खबर गरिएको बताए ।

उनले भने, “विद्युत् वितरण केन्द्रहरूलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौँ, केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगलाई सोहीअनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन् ।”

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ६ : ४२ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक