कोरोना रोकथामका लागि प्रदेश सरकारबाट चार करोड निकासा | Khabarhub Khabarhub

कोरोना रोकथामका लागि प्रदेश सरकारबाट चार करोड निकासा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ ।

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि रु ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि रु २० –२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी रु एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि रु।२० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि रु १५ लाख, इलामका लागि रु १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि रु १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि रु ५० लाख विनियोजन भई आजै निकासा गरेको छ ।

निषेधाज्ञा जेठ १ गते सम्म थप

यसैबीच मोरङ जिल्लामा निषेधाज्ञा आगामी जेठ १ गतेसम्मका लागि थपिएको छ । पहिलो चरणमा यही वैशाख १८ गते राति १२ बजेदेखि सात दिनका लागि विराटनगरपालिकालगायत क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधज्ञा लागु गरिए पनि नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउन बिहान ६ देखि १० बजेसम्म सामाजिक दूरी र स्वास्थ्य आचारसंहिता पालना गराउँदै उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४५ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार