‘यो बन्द कहिलेसम्म होला नानी !’ « Khabarhub

‘यो बन्द कहिलेसम्म होला नानी !’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थान : राजधानी काठमाडौँको वसन्तपुर दरबार क्षेत्र ।
समय : बिहीबार अपराह्न ३ बजे ।
वसन्तपुर दबार क्षेत्रको पश्चिमतर्फ केही मजदुरहरू बसेका छन् । उनीहरूमध्ये धेरैका हातमा नाम्लो छ ।

एउटा मन्दिरको पेटीमा टुक्क्रुक्क बसेका पुरुष बाटोमा उनका सामुन्नेबाट हिँड्ने मानिसतिर हेर्छन् । मलाई बोलाउँछ कि भन्ने उनको अपेक्षा हुन्थ्यो । उनी भारी बोक्ने काम पाउने आशमा थिए ।

उनी एकछिन कुरा गर्न तयार भए । आफू सञ्चारकर्मी भएको र कामदारका बारेमा लेख्न खोजेको भनेपछि उनले सोधे, ‘म त काम नपाएर यहाँ बसेको !’
‘तपाईंको नाम के हो ?’
‘उत्तम नकर्मी ।’
‘कति वर्षको हुनुभयो ?’
‘५३ वर्ष ।’
‘कति वर्षको उमेरमा भारी बोक्न थाल्नुभएको ?’
‘१५ वर्षको उमेरमा, अझै बोक्दैछु ।’
‘भारी बोकेर दिनमा कति कमाउनु हुन्छ ?’
‘काम पाउँदा त १५ सयसम्म कमाउथेँ, अहिले त एक रुपैयाँ पनि छैन ।’

हरेक दिन भारी बोकेर कमाउने र त्यसैले गुजारा चलाउने गर्दागर्दै उनको यो उमेर भयो । एक हप्ताभन्दा अघिदेखिको निधेषाज्ञाले उनको गुजारा कठिन भएको छ ।

‘नरदेवीमा एउटा कोठा छ त्यहाँ चार जना साथीभाइ मिलेर बस्छौँ,’ उत्तमले भने, ‘अहिले ‘हामी सबै बेरोजगार भएका छौँ, खानको टुङ्गो छैन ।’

निषेधाज्ञाका कारण पसलहरू बन्द छन् । सरकारको आदेश पालना गर्नुपर्छ, बाहिर हिँड्नु हुँदैन भन्ने कुरा उत्तमलाई थाहा नभएको होइन । छाकै बन्द हुने अवस्था आएपछि कतै काम पाइन्छ कि भनेर हरेक दिन निस्किने गरेको उनले बताए ।

उनले भने, ‘अहिले पनि बिहान पसलहरू खुल्छन्, रासन लैजानेहरूले भरिया खोज्छन् कि भनेर बिहान ५ बजे नै असनतिर पुग्छु ।’
निषेधाज्ञा भएकै दिनदेखि उनले काम पाएका छैनन्, काम पाउने आशमा निस्किन छाडेका पनि छैनन् ।

उनको विचारमा निषेधाज्ञा हुने थाहा पाएर मानिसहरूले पहिले नै सबै थोक किनेका हुनाले पसल खुले पनि उनले काम नपाएका हुन् ।

‘यस्तो बन्द कहिलेसम्म होला, नानीलाई केही थाहा छ त ?’ उत्तमकै सामुन्ने उभिएका अर्का एक जना श्रमिकले सोधे ।

मैले भने, ‘कोरोना बढेको बढ्यै छ, थाहा छैन कहिलेसम्म बन्द हुन्छ, यस्तो समयमा बाहिर हिँड्नु हुँदैन रोग सर्ने डर हुन्छ ।’

उनले आफ्नो बाध्यता सुनाए, ‘हामीलाई त भोकको चिन्ता छ, बरु रोगले मरिहाले केही नहोला ।’

उनको हातमा नाम्लो थियो, अनुहार मलीन देखिन्थ्यो । मुखमा मास्क लगाएका थिए । कामको खोजीमा बिहान ६ बजे निस्केको हुँ भन्थे । उनले दिन भरिमा एउटा पनि काम नपाएको र एक पैसा पनि कमाइ नभएको बताए ।

उत्तम र उनका साथीजस्ता धेरै भरियाहरू प्रहरीको लाठी खाइने हो कि भन्ने त्रास मनमा राखेरै पनि असन, इन्द्रचोक, महाबौद्धतिरका गल्ली चहार्छन् र अपराह्नतिर वसन्तपुरमा जम्मा हुन्छन् ।

वसन्तपुर दरबार क्षेत्र उनीहरूको समय बिताउने थलो पनि हो । काम नपाए त्यहीँ घाम ताप्दै र शीतल बस्दै दिन कटाउँछन् ।

वसन्तपुरमा यस्ता श्रमिक र छाक जुटाउन नसक्नेहरूका लागि ‘बन्दी सहयता नेपाल’ ले अपराह्न चार बजे खाना बाँढ्ने गरेको छ । संस्थाकी अध्यक्ष इन्दिरा रानामगर खाना खुवाउने काममा आफैँ खटेकी हुन्छिन् ।

कामको आशमा बिहानै घरबाट निस्केका श्रमिकहरू यहीँ खाना खाएर साँझ डेरामा फर्किन्छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ३० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट