चट्याङले लागेर गुल्मीमा एकजनाको मृत्यु « Khabarhub

चट्याङले लागेर गुल्मीमा एकजनाको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–४ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार स्थानीय दजाकोटमा उजिरबहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लाग्दा एकजनको मृत्यु र ८ जना घाइते बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार शुक्रबार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ५६ बजे

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा