रुसमा ‘जुनुको जुत्ता’लाई ‘बेस्ट सर्ट फिल्म अवार्ड’ « Khabarhub

रुसमा ‘जुनुको जुत्ता’लाई ‘बेस्ट सर्ट फिल्म अवार्ड’


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ ले रुसको ‘फेस्टप्रो फिल्म फेस्टिभल’ मा ‘बेस्ट सर्ट फिल्म अवार्ड’ जितेको छ ।

फिल्मले जुत्ता चप्पल उल्टो लगाउने सानो बालिकाको कथा देखाएको छ । आफ्ना अग्रजले जुत्ता ‘सुल्टो’ नलगाउँदा पाएको गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायलाई प्रस्तुत गरिएको छ ।

विभु पौडेल र सुशान्त श्रेष्ठ निर्माता रहेको फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हामू लामा, खड्ककुमारी शर्मालगायतको अभिनय छ ।

फिल्ममा सरुन मानन्धरको छायांकन, विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत छ । मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।

फिल्मले यसअघि अमेरिकाको ‘वामकिड्स फिल्म फेस्टिभल’मा ‘बेस्ट लाइभ एक्सन सर्ट फिल्म अवार्ड’ पाएको थियो ।

फेस्टिभलमा रुसकै ‘द फाइनल स्ट्याण्ड’ले ‘बेस्ट फिचर फिल्म’, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले ‘बेस्ट एनिमेटेड फिल्म’, जर्मनीको ‘टेल्स अफ लाइट’ले ‘बेस्ट चिल्ड्रेन्स फिल्म अवार्ड’ प्राप्त गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ३५ बजे

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा