शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र | Khabarhub Khabarhub

शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ ।

कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन ।

दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको सङ्ख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो ।

केही दिनअघि विद्युतीय शवदाहको एक नं यन्त्र मर्मत गरिएको थियो । धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं यन्त्र पनि मर्मत गर्न लागिएको उनले सुनाए । तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह यन्त्र राख्न रु १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो । हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताए।

अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ ।

यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ ।

भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ । थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।

कोभिडबाट मृत्यु भएकाको शवदाह गर्न पाँच यन्त्र राखिँदै

यसैबीच दाउराबाट कोभिडको मात्र शवदाह गर्ने पाँच शवदाह गृह बनाउन काम शुरु गरिएको छ । विद्युतीय शवदाह गृहमुनिका वाग्मती किनारमा निर्माण हुने यी शवदाह गृह पनि कोरोनाबाट मृत्यु भएकाको मात्र शवदाह गरिने जनाइएको छ । हाल कोरोनाबाट मृत्यु हुने बढेसँगै नदी किनारमा शवदाह गरिरहेको दृश्य पशुपति क्षेत्रमा देखिन्छ ।

पशुपति क्षेत्रमा रहेका सबै मठमन्दिरमा पूजाआराधना एवं दर्शन गर्न रोक लगाइएको छ । पशुपति क्षेत्रमा अत्यावश्यक रुपमा गरिनुपर्ने क्रियापुत्री, विद्युतीय र दाउराबाट हुने शवदाह सेवा भने नियमित रुपमा चलेको छ । चलेको अत्यावश्यक सेवामा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी भौतिक दूरी कायम गरेर काम भइरहेको छ ।

सामान्य रोगबाट निधन भएका परिवार एवं आफन्त पनि सरकारले तोकेको मापदण्डभन्दा बढी नहुने गरी मलामीका रुपमा जम्मा भएर अन्तिम संस्कार गर्न कोषले आह्वान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ५० बजे

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

पाल्हीनन्दन – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं – हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन