नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ « Khabarhub

नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्न सरकार गम्भीर छ : मन्त्री गुरुङ


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताएका छन् ।

शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोनाबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान गरे ।

मन्त्री गुरुङले कोरोना महमारी बढेसँगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगायतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताए ।

गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोभिडमुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

उनले कोभिडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोभिडबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत भएका छन् भने वरिष्ठ पत्रकार सम्मान २०७७ बाट रघु मैनाली र शार्दूल भट्टराई सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ ।

त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल ,संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साह पुरस्कृत हुनुभएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही १ लाख रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २८ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।