९५९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै (विवरणसहित) « Khabarhub

९५९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै (विवरणसहित)


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ९५९ जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर २३१ जना संक्रमित भेन्टिलेटरमा र ७२८ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा १०४ जना संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा ४६ जना र भेन्टिलेटरमा १२ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ३७९ जना आईसीयूमा र १३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६३ जना आईसीयूमा र  १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेरमा तथा सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।