मन्त्री साहद्वारा गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण « Khabarhub

मन्त्री साहद्वारा गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकासमन्त्री प्रभु साहले ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

आज दिउँसो अनुगमनमा गएका मन्त्री साहले आधुनिक र प्रविधियुक्त ३ हजार क्षमताको निर्माणाधीन सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगिसकेकोले द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिए ।

सम्मेलन केन्द्रको निर्माण गरिरहेको शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले हालसम्म ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिँदै अबको केही दिनमै कार्य सम्पन्न भई उद्घाटन हुने बताए । निर्माण कम्पनीकाका अनुसार हाल भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र भित्र आवश्यक अन्य सामग्री जडानको क्रममा रहेको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा/सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि मन्त्रिपरिषदको विशेष निर्णयका आधारमा हल निर्माणका लागि शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसलगत्तै शहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो ।

वि.सं. २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो सम्मेलन केन्द्र २०७७ कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो सम्मेलन केन्द्रको ठेक्का केसी–समानान्तर जेभीले ५८ करोड २४ लाखमा पाएको हो ।

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहेको छ । मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हलका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत निर्माण गरिएको छ । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था गरिएको छ ।

अनुगमन टोलीमा मन्त्री साह सिहत मन्त्रालयका सचिव रमेश सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलसहित ५ जनाको मात्र सहभागिता रहेको थियो ।

तस्वीर- निवेश कुमार, शहरी विकास मन्त्रीका प्रेस संयोजक ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : १२ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने