विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मृत्यु | Khabarhub Khabarhub

विदुर नगरपालिकाका वडा सदस्य भण्डारीको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गएराति मस्तिष्काघातका कारण मृत्यु भएको छ ।

पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो ।

भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍ याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।

नेकपा(एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताइन् । उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरिएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ३० बजे

कीर्तिपुरमा बालेन्द्र, रवि र प्रचण्डको परीक्षा

काठमाडौं– संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे जबर्जस्त केही

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा

विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा

नेपाल सेरामिक इण्डष्ट्री जनकपुर बोल्ट्सको ‘डेकोर पार्टनर’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली जनकपुर बोल्ट्सले नेपाल

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो