भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु | Khabarhub Khabarhub

भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।

यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २७ बजे

‘कुलिङ पिरियड’मा बदमासीबारे यस्तो छ तीन मन्त्रीको बयान

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा समेटिएको ‘कुलिङ अफ

‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’मा भएको

अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं– सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा