भूमाफियाले कब्जा गरेको सबै सरकारी जग्गा १ वर्षभित्रै फिर्ता ल्याइने « Khabarhub

भूमाफियाले कब्जा गरेको सबै सरकारी जग्गा १ वर्षभित्रै फिर्ता ल्याइने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अतिक्रमणमा परेका सबै सार्वजनिक तथा सरकारी जग्गाहरु भूमाफियाबाट फिर्ता ल्याएर सरकारी कायम गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै अतिक्रमणमा परेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता ल्याउने विषय उल्लेख छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाइने पनि बताइन् ।

सरकारी जग्गामाथि अतिक्रमण गर्ने र अतिक्रमणमा संलग्न सबैमाथि छानबिन गरी कडा कारबाही गरिने विषय पनि राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : २४ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६