आफ्नो सिफारिसमा मात्रै अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको अनुरोध (पत्रसहित) « Khabarhub

आफ्नो सिफारिसमा मात्रै अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको अनुरोध (पत्रसहित)


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ ।

दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।

आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

तर सरकारको यो निर्देशन विवादमा पर्ने देखिएको छ । मन्त्रालयले एकातिर सबै प्रकारका अस्पताललाई कोभिड १९ भएका बिरामीको उपचार गर्न निर्देशन दिएको छ । अर्कोतिर ती अस्पताललाई अक्सिजन बिक्री गर्दा मन्त्रालयको सिफारिस चाहिने निर्णय गरेको छ ।

यो झण्झटका कारण कोभिड–१९ का बिरामी मारमा पर्ने देखिएको छ । नेपाल चिकित्कस संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्रालयको यो निर्देशन गलत भएको बताए ।

उनले सबै अस्पतालले अहिले कोभिड–१९ को उपचार गरिरहेका र यस्तो अवस्थामा कुनै पनि कम्पनीसँग अक्सिजन किन्ने बेला स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने भन्ने कुरा अस्वभाविक भएको बताए । उनले भने, ‘ यो झन्झटले गर्दा बिरामीलाई पक्कै पनि ठूलो मार पर्छ ।’

यस्तो छ स्वास्थ्य मन्त्रालयले अक्सिजनसँग सम्बन्धित कम्पनीलाई गरेको अनुरोध :

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ०८ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा