नेपाली दूतावास साउदीका थप एक कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास साउदीका थप एक कर्मचारीलाई कोरोना संक्रमण


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका थप एक जना कर्मचारीलाईकोरोना संक्रमण भएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै फ्रण्ट डेस्कमा काम गर्ने थप कर्मचारी कोभिड – १९ बाट संक्रमित भएकाले जनाएको छ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी संक्रमित भएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा तीन दिनका लागि बन्द गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दूतावासका नियमित कामकाज अब इदपछि अर्थात मई १६ तारिखदेखि मात्रै सुचारू हुने जनाएको छ । यसअघि पनि दूतावासका एक कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरिएको थियो ।

दूतावासमा सम्पर्क गर्नुपरेमा ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न समेत अनुरोध छ ।

विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ । यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगानाः [email protected] मार्फत् समेत आफ्नो समस्या राख्न सकिने जनाएको छ ।

यसैगरी, ओमानस्थित नेपाली दूतावास पनि तीन दिन बन्द हुने भएको छ । दूतावासले एक बिज्ञप्ति जारी गर्दै ९ देखि ११ मई  सम्म सेवा बन्द रहने जनाएको छ ।

‘कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमनको उच्च स्तरीय समितिले वक्तव्य जारी गरी आगामी ९ मेदेखि ११ मेसम्म सम्पूर्ण सरकारी कार्यालय तथा सेवा प्रदायक निकायहरूमा भौतिक उपस्थितिमा प्रवाह हुने सेवा स्थगन गर्न आह्वान गरेकाले उक्त अवधिमा दूतावासमा समेत प्रत्यक्ष उपस्थित भएर प्रदान गरिने सेवा स्थगन गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

अत्यावश्यकीय सेवाको लागि ७१५९२४९० तथा श्रम सम्बन्धी जानकारीका लागि ७१५९२५०६ मा सम्पर्क गर्न सकिने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ५२ बजे

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको