२६ जना सांसदलाई संक्रमण भएपछि सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक « Khabarhub

२६ जना सांसदलाई संक्रमण भएपछि सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदको विशेष अधिवेशनको पूर्वसन्ध्यामा २६ सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमित २६ सांसदलाई प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतमा कसरी सहभागी गराउने भन्ने परामर्श हुन लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि  केही दिनअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकारलगायतको स्वाब परीक्षण गरिएको थियो । सो परीक्षणबाट २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : १० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ