जसपा नेता ठाकुर र महतो देउवा निवास बुढानिलकण्ठमा « Khabarhub

जसपा नेता ठाकुर र महतो देउवा निवास बुढानिलकण्ठमा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिन लागिरहँदा ठाकुर र महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका भनिएका अध्यक्ष ठाकुर पक्षधरले देउवासँग वैशाख २७ गतेपछिको राजनीतिक सहकार्य प्रष्टता खोजेको एक नेताले बताएका छन् ।

जसपाभित्र प्रधानमन्त्री ओलीको विश्वासको मत दिने नदिने भन्नेमा विवाद छ । संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष ठाकुर पक्षमा छन् ।

ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपाको ठाकुर पक्षधरहरू तटस्थ बस्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ओलीले विश्वासको मत लिने तयारी गरेसँगै देउवासँग अरू राजनीतिक दलका नेताहरूको भेटवार्ता बाक्लिएको छ ।

देउवालाई उनकै निवासमा पुगेर प्रधानमन्त्री ओली, एमालेकै नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाकै नेता उपेन्द्र यादव लगायतले भेटेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु