बाँके र मोरङमा थप १५ सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँके र मोरङमा थप १५ सङ्क्रमितको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके र मोरङमा थप १५ संक्रमितको मृत्यु भएको छ ।

बाँकेका अस्पतालमा उपचाररत थप आठ  सङ्क्रमितको शनिबार राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।

यस्तै मोरङमा थप सात कोरोना संक्रमितको मृत्यु भएको छ ।  मोरङको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा शनिबार राति तीन र आइतबार बिहान गरी चार संक्रमितको मृत्यु भएको हो ।

विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर- ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति नोबेल अस्पतालमै उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ३५ बजे

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस

काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। गोरखा गइरहेको

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

काठमाडौं– नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित

गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर