संवैधानिक आयोगका रिक्त पदका लागि सिफारिस | Khabarhub Khabarhub

संवैधानिक आयोगका रिक्त पदका लागि सिफारिस


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषद्ले रिक्त संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको परिषदको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको परिषद सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कुन आयोगमा कसको सिफारिस भन्ने खुलेको छैन् ।

आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। तर प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ०० बजे

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस

काठमाडौं– मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट यात्रुबस मर्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको आग्रह

काठमाडौं– नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित

गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर