कोरोना संक्रमणबाट कर्णालीमा ८२ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कर्णालीमा ८२ जनाको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।

निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : ४६ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)