७ केजी यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ « Khabarhub

७ केजी यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च विस्फोटक क्षमतायुक्त रेडियोएक्टिभ यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ परेका छन् ।

महाराष्ट्रको एन्टिटेरर स्क्वाडले सात केजी यूरेनियमसहित उनीहरूलाई पक्राउ गरेको हो । त्यसको मूल्य साढे ३३ करोड (२१ करोड भारतीय रुपैयाँ) पर्ने प्रहरीले जनाएको छ । निजी ल्यावमा परीक्षण गरिरहेका उनीहरूलाई सुराकीको सूचना अनुसार पुगेको प्रहरीले पक्राउ गरेको हो ।

उक्त ल्याबसहित ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको इण्डिया टुडेले जनाएको छ । मुम्बईंको एक ल्याबले दिएको सूचना अनुसार प्रहरीले छापा मारेको थियो ।

गत फ्रेब्रुअरीमै भारतीय प्रहरीलाई जिगर पाण्ड्या नामको एक व्यक्तिले गैर कानुनी रुपमा यूरेनियमका केही पिस बिक्री गरिरहेको सुचना प्राप्त भएको थियो ।

त्यसपछि प्रहरीले उक्त गिरोहलाई समात्न जाल बिछ्याएको थियो । जिगर पाण्ड्यालाई पक्राउ गरेपछि उनले अबु ताहिर नामको एक व्यक्तिले आफूसँग भएको यूरेनियमका पिस दिने गरेको बयान दिएका थिए ।

यो पनि पढ्नुहोस्

के प्रहरीले सक्कली युरेनियम नै बरामद गरेको हो ?

साढे २ किलो बहुमुल्य धातु युरोनियमसहित ४ जना पक्राउ गरेको प्रहरीको दाबी

पाण्ड्याको बयानका आधारमा ताहिरलाई पनि पक्राउ गर्दै उक्त परिणाममा यूरेनियम बरामद भएको हो । हाल उक्त यूरेनियम परीक्षणका लागि ल्याबमा पठाइएको छ भने दुवै व्यक्ति मुम्बईं प्रहरीको नियन्त्रणमा रहेको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनीहरुलाई मे १२ सम्म थुनामा राखी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ३० बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र