नेपाल चेम्बर अफ कमर्सको सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा | Khabarhub Khabarhub

नेपाल चेम्बर अफ कमर्सको सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको निर्देशक बालकृष्ण पोखरलले बताए ।

हाललाई काठमाडौँ उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

एम्बुलेन्स सेवा प्रयोगका लागि नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा क्षेत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ४५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची