यसरी हटाउन सकिन्छ ‘डार्क सर्कल’ | Khabarhub Khabarhub

यसरी हटाउन सकिन्छ ‘डार्क सर्कल’


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आखाँ मुनि देखा पर्ने कालो घेरालाई अंग्रेजीमा ‘डार्क सर्कल’ भनिन्छ । यसले आँखाको सुन्दरतामा मात्र ह्रास ल्याउदैन अनुहारको सुन्दरतामा समेत नकारात्मक प्रभाव पार्दछ ।

डार्क सर्कल बढी काम गर्ने, अत्यधिक सोचि रहेन, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणले आँखा वरिपरि देखापर्ने गर्दछ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । तर केहि भिटामिनको सेवन गरेमा यस प्रकारको समस्या हट्ने गर्दछ ।

१. भिटामिन ई
भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले छालामा जम्मा भएको विकार शरीरबाहिर निकालेर अनुहार चम्किलो बनाउँछ । तसर्थ यो समस्या हटाउन पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर जस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।

२. भिटामिन ए
भिटामिन एयुक्त खानाको सेवनले छालाको मर्मत र कसिलो बनाउन मद्दत गर्दछ ।साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । तसर्थ डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदिको बढी सेवन गर्नु पर्दछ ।

३. भिटामिन सी
भिटामिन सीको सेवनले मष्तिकमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले राम्रोसँग निदाउन मद्दत गर्दछ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खानेकुराको सेवन गरेमा डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

४. भिटामिन के
भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चार पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ लगायतका भिटामिन केयुक्त खानेकुरा प्रशस्त खाएमा डार्क सर्कल घट्ने गर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ५४ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका