राजीनामा बुझाउन गएका एमाले नेता नेपालसँग पौडेल र नेम्वाङ छलफलमा « Khabarhub

राजीनामा बुझाउन गएका एमाले नेता नेपालसँग पौडेल र नेम्वाङ छलफलमा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजीनामा बुझाउन संघीय संसद सचिवालयमा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङले छलफल शुरु गरेका छन् ।

संघीय संसद सचिवालयमा सांसदबाटै राजीनामा दिनका लागि पुगेको भएपनि अन्तिम समयमा नेताहरु पौडेल र नेम्वाङले गोप्य कोठामा लगेको तर छलफलका बारेमा कुनै जानकारी नदिइएको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने,‘वरिष्ठ नेता माधवकुमार नेपाललाई अपहरणकै शैलीमा संसद सचिवालयको भवन नम्बर २ को कुन कोठामा राखेर छलफल भएको सुनेका छौं । तर के छलफल भयो भनेर हामीलाई जानकारी गराइएको छैन ।’

सांसद खतिवडाले वरिष्ठ नेता नेपालसँगको छलफल सकिएपछि राजीनामा दिने विषयमा आवश्यक निर्णय गर्ने समेत जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु