नानाको कोठामा आयषालाई मनीषाले भेटेपछि… « Khabarhub

नानाको कोठामा आयषालाई मनीषाले भेटेपछि…


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्निसाक्षी’ बनाइरहेका थिए । यही फिल्मको सुटिङका दौरान नाना र मनीषाबीच अफेयरको चर्चा चल्न सुरु भयो ।

एबीपी लाइभका अनुसार नानासँग मनीषा नजिकिन थालेपछि मनीषले कोही पनि युवती नानासँग घुलमिल नहुन भन्ने चाहेकी थिइन् । तर उनले चाहे जस्तो भइदिएन ।

एकदिन फिल्मको नाइट सुटिङ भइरहेको थियो । त्यही बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।

आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रिसलाई थाम्न सकिनन् र आयशासँग झगडा गर्न थालिन् । जब मनीषा आयशामाथि रिस पोख्न थालिन्, आयशालाई पनि यो कुराले चित्त बुझेन ।

मनीषा र आयशाको झगडा हात हालाहालको अवस्थासम्म आइपुग्ने देखेपछि नानाले दुवै अभिनेत्रीलाई हात जोडेर सम्झाए ।

यो घटनापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि दबाब दिन थालिन् । नाना पहिलेदेखि नै विवाहित थिए र उनी श्रीमतिलाई छोड्न तयार थिएनन् ।

यही विषयले मनीषा रिसाइन् र उनले नानासँग अलग्गिने निर्णय लिइन् । मनीषाले नानासँग अलग्गिने निर्णय लिएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ०० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको