विश्वासको मत दिन प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

विश्वासको मत दिन प्रधानमन्त्री ओलीको आग्रह

दलीयता नहेर्न सांसदलाई सुझाव


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले गरेका कामका आधारमा दलीयता नहेरी विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले दलीय संलग्नताका आधारमा नभई सत्यका पक्षमा उभिन आग्रह गरेका हुन् । उनले भने,‘यस सदनको विश्वास ममाथि छ भनेर मेले विश्वासको मत लिन लागेको हो । हामी संलग्नतामा हैन, सार्वभौम जनताको प्रतिनिधित्वि गरेर यहा उभिएका छौं । सार्वभौम जनताको भावनाको प्रतिनिधित्व हामी गर्छौ । यस्तो अवस्थामा हामीले बिचारको आग्रहका साथमा हैन, आफ्ना स्वार्थहरुबाट निर्देशित भएर होइन, कहाँ आवद्धता वा संलग्नता छु भनेर हैन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । यदी हामीले सच्चाईलाई पछ्युाउँछौं भने वर्तमान सरकार कुनै हिसाबले विश्वास गर्न नपर्ने सरकार हैन । राष्ट्रियताको प्रश्नमा मैले धेरै धेरै भन्न पर्दैन ।’

प्रधानमन्त्री ओलीले भौगोलि अखण्डता, शुसासन लगाएतका विषयमा सरकारले गरेको कामलाई हेरेर विश्वासको मत दिन आग्रह गरे । उनले भने,‘एउटा अग्निपरीक्षा हैन, भौगोलिक अखण्डताको रक्षा पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई शिरोपर राखेर व्यवहार गर्ने सन्दर्भमा, वर्तमान सरकार कुनैपनि कसर नराखेको कुरा तर्कभन्दा माथि छ । तस्वीर आफै बोल्छ भनेजस्तो हाम्रा व्यवहार, लिएका अडान र उपलब्धिहरु आफै बोल्छन् ।’

प्रधानमन्त्री ओलीले विपक्षीले आफ्नो हस्ताक्षर समेत किर्ते गरेर भारतीय जाशुशी संस्थाको प्रमुखसँग सम्झौता भएको हल्ला चलाएको समेत आरोप लगाए । उनले भने,‘मेरो र भारतीय जाशुशी संस्थाको प्रमुखका बिचमा अनौपचारिक कपी भनेर प्रचार गरिन्छ । त्यस्तोमा प्रधानमनत्रीको हस्ताक्षर स्क्यान गरेर जोडिन्छ । योसम्मका खेल नेपालमा हुने गरेका छन् । हामीलाई यति सारो किर्ते काममा संलग्न गराउन हुँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका, शान्ति सुव्यवस्था, भ्रष्टाचारविरुद्धको लडाईको सवालमा अहिलेको सरकारले कुनै पनि अनुचित तरिकारले सम्झौता नगर्ने समेत स्पष्ट पारे । उनले भने,‘अहिलेको सरकारले जनताको हितलाई छाडेर तलमाथी गर्दैन र गर्न पनि दिदैन भनेर मैले सदनमा प्रस्तुत गरिसकेको छु ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : १८ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको