सत्यलाई पछ्याउनुहोस्, सरकारलाई अविश्वास गर्नुपर्ने कारण छैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

सत्यलाई पछ्याउनुहोस्, सरकारलाई अविश्वास गर्नुपर्ने कारण छैन : प्रधानमन्त्री


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत पाउने विश्वास रहेको बताका हुन् । उनले अहिलेको सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले समेत अन्तिम समयसम्म विश्वासको मत कायमै राखेको भन्दै अहिले पनि समर्थन गर्न आग्रह गरे ।

उनले राजनीतिमा कहिलेकाँही भनाभन भएपनि अहिले विश्वासको मत पाउने आशा रहेको बताए । उनले भने, ‘राजनीतिमा कहिले कहिले भनाभन पनि हुँदोरहेछ । कोही साथीले के भन्ने कोहीले के भन्ने अनि मैले पनि अलिअलि भनेहुँला ।’

माओवादी केन्द्रले संसद पुन:स्थापना भएको लामो समयसम्म पनि विश्वासको मत कायमै राखेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘पार्टी अलग भएर पनि विश्वासको मत फिर्ता लिनुभएन । मैले आफैँले विश्वासको मत लिन्छु भनेपछि बल्ल समर्थन फिर्ता लिनुभयो । कुनै दलले विश्वासको मत नदिने निर्णय नै गरेर आएको भएपनि संविधानको धारा १ सय १ को उपधारा १ बमोजिम संसदको विश्वासको मत माग्न चाहन्छु ।’

आफ्नो नेतृत्वको सरकारले गरेका काम हेरेर पनि विश्वासको मत दिने आशा रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस सदनले म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ? हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ । फोन पनि गर्दैन प्रधानमन्त्रीले भनेर अलिअलि रिस थियो, कि ? मैले कामले नभ्याएर हो कसैलाई फोन नगरेको । यस सदनले ३ वर्षभन्दा बढी प्रधानमन्त्रीको हैसियतमा रोष्ट्रममा उभिएको छु । यही सदनको विश्वासले फेरि पनि म रहनेछु ।’

ओलीले भने, म विश्वास गर्छु, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौँ, सार्वभौम जनताको प्रतिनिधित्व हामी गर्छौँ । यस्तो अवस्थामा स्वार्थबाट निर्देशित भएर होइन, कहाँ आबद्ध छु भनेर हैन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ । हामीलाई सत्यलाई पछ्याउछौं भने वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ५० बजे

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी,

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको