‘आफूसँग जे जति छ त्यसैमा रमाऔँ’ बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

‘आफूसँग जे जति छ त्यसैमा रमाऔँ’ बुद्धको एक प्रेरक प्रसङ्ग


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धले प्रवचन दिए । सबै जना मन्त्रमुग्ध भए । प्रवचन सकिएपछि बुद्ध आँखा बन्द गरेर बसिरहेका थिए ।

आनन्दले बुद्धसँग सोधे— भगवान् ! तपाईंको अगाडि बसिरहेका मानिसमध्ये सबैभन्दा धेरै सुखी को छ ?

बुद्धले जवाफ दिए— सबैभन्दा पछाडि जुन सोझा गाउँले व्यक्ति आफ्नो आँखा बन्द गरेर बसिरहेका छन्, उनी सबैभन्दा धेरै सुखी छन् ।

यस्तो सुनेर सबै अचम्ममा परे ।

बुद्धले भने— आऊ मेरो पछाडि । म तिमीलाई यसको प्रमाण दिन्छु ।

उनले एक एक गरेर सबैलाई सोधे— तिमीलाई के चाहिन्छ ?

कसैले मलाई छोरा चाहिन्छ भने । कसैले सम्पत्ति र कसैले शान्ति चाहिन्छ भने । सबैभन्दा पछाडि बसेका गाउँले व्यक्तिले जवाफ दिए— भगवान् ! म पूर्णरुपमा सन्तुष्ट छु । मलाई केही पनि चाहिँदैन । मसँग जति छ त्यतिबाट सन्तोष मिलिरहोस् भनेर आशीर्वाद दिनुहोस् ।

आनन्दले भगवान् बुद्धको आँखामा हेरिरहे ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका