रुकुममा जीप दुर्घटना, ९ महिने शिशुको मृत्य ५ जना घाइते « Khabarhub

रुकुममा जीप दुर्घटना, ९ महिने शिशुको मृत्य ५ जना घाइते


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुममा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको सिस्ने गाउपालिका–७, सिस्नेरी जाँदै गरेको लु १ ज १७८१ नम्वरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सिस्ने गाउँपालिका–८, की ९ महिने निर्जला रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्ने गाउपालिका–८, झिमखोलामा शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सिस्ने गाउपालिका–८, भुरुङ्गाकी मृतक बालिकाकी आमा २४ वर्षीया रमिता रावल, सोही वडा धपेका १७ वर्षीय मोहन चन्द र भुरुङ्गाकै २५ वर्षीय गाडी चालक राजन बोहरा घाइते भएका छन् । यसैगरी सिस्ने गाउपालिका–७, नाथीडाकी १६ वर्षीया इश्वरी गौतम, र १७ वर्षीया ज्ञानु रेउले पनि घाइते भएका छन् ।

घाइते सबैको स्वास्थ्य चौकी धपेमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ४७ बजे

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल