रुकुममा जीप दुर्घटना, ९ महिने शिशुको मृत्य ५ जना घाइते « Khabarhub

रुकुममा जीप दुर्घटना, ९ महिने शिशुको मृत्य ५ जना घाइते


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुममा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको सिस्ने गाउपालिका–७, सिस्नेरी जाँदै गरेको लु १ ज १७८१ नम्वरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सिस्ने गाउँपालिका–८, की ९ महिने निर्जला रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्ने गाउपालिका–८, झिमखोलामा शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सिस्ने गाउपालिका–८, भुरुङ्गाकी मृतक बालिकाकी आमा २४ वर्षीया रमिता रावल, सोही वडा धपेका १७ वर्षीय मोहन चन्द र भुरुङ्गाकै २५ वर्षीय गाडी चालक राजन बोहरा घाइते भएका छन् । यसैगरी सिस्ने गाउपालिका–७, नाथीडाकी १६ वर्षीया इश्वरी गौतम, र १७ वर्षीया ज्ञानु रेउले पनि घाइते भएका छन् ।

घाइते सबैको स्वास्थ्य चौकी धपेमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले जानकारी दिए ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ४७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको